काठमाडौं–नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र नियुक्त भएकी छन्।
सभापति शेरबहादुर देउवाले संघको सभापतिमा सिरहाकी मिश्रलाई नियुक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको चैत १५, २०७८ को निर्णयअनुसार सभापति देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ४२ (१) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको संघमा अध्यक्ष नियुक्त गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।