• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

काठमाडौं ४ : एमालेको अखडामा गगनको राज

64x64
राजनीतिक ब्यूरो बिहीबार, साउन २६, २०७९  २०:५५
1140x725

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा २०७४ को आमनिर्वाचनमा काठमाडौं-४ बाट निर्वाचित भएका थिए। आगामी निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट उम्मेदवार बन्ने निश्चितप्रायः छ।

थापा निर्वाचित भएको क्षेत्र काठमाडौं-४ मा महानगरपालिकाका १, ७, ८ र ३० वडाहरु पर्छन्। यस्तै, बुढानीलकण्ठ नगरपालिकाको १, २, ८, ९, १०, ११, १२, र १३ वडाहरु पर्छन्।

यो क्षेत्र यस्तो छ, जसअन्तर्गत पर्ने वडाहरुमा एमालेको वर्चस्व देखिन्छ। गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस निर्वाचन क्षेत्रअन्तर्गत पर्ने १२ वटा वडामध्ये कांग्रेसले केवल ३ वटामा वडाको मात्रै अध्यक्ष जितेको छ।

उसले काठमाडौं महानगरपालिकाका ७, ८, र ३० मा वडाध्यक्ष जितेको हो। जबकि, एमालेले बाँकी ९ वटा वडाको अध्यक्ष जितेको छ। एमालेले काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र बुढानीलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ मा वडाध्यक्ष जितेको हो।

वडाध्यक्षहरुले पाएको समग्र मत जोड्दा पनि एमालेले सर्वाधिक मत पाएको देखिन्छ। एमालेले १६ हजार ५०७, कांग्रेसले १५ हजार ७६७, एकीकृत समाजवादीले २ हजार ४१४, माओवादी केन्द्रले ८४४, राप्रपाले २ हजार २९३ र स्वतन्त्र उम्मेदवारले १ हजार २८ मत पाएको देखिन्छ। अन्य पार्टीको मत नगन्य देखिन्छ।

थापा निर्वाचित भएको क्षेत्रमा एमालेको वर्चस्व यसपटक मात्रै होइन, अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि देखिएको थियो। २०७४ वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं-४ अन्तर्गतका वडाहरुमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतमा कांग्रेसभन्दा एमाले ३ हजारभन्दा बढी मतले अगाडि थियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यतिबेला एमालेका वडाध्यक्षहरुले कुल १७ हजार २३९ मत पाएका थिए। त्यस्तै, नेपाली कांग्रेसले १४ हजार ७६ र नेकपा माओवादी केन्द्रले ३ हजार ९०९ मत पाएका थिए।

वडाध्यक्षहरुले पाएको मत केही कम भए पनि २०७४ सालको आम निर्वाचनमा थापाले ३ हजारभन्दा बढीको मतान्तरले जित निकालेका थिए। उनले २१ हजार ५५८ मत पाउँदा एमालेका राजन भट्टराईले १८ हजार १४० मत मात्रै पाएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०७४ सालमा थापाले निकालेको जित यसकारण पनि उल्लेखनीय हो कि, उनले एमाले र माओवादी केन्द्र मिलेर बनेको वामगठबन्धनका साझा उम्मेदवारलाई पराजित गरेका थिए। स्थानीय तहको निर्वाचनमा पार्टीको मत कम देखिए पनि संसदीय निर्वाचनमा थापा बलियो देखिएका कारण त्यस क्षेत्रमा उनको व्यक्तिगत प्रभाव राम्रो देखिन्छ।

यसपटक थापालाई थप सजिलो हुने देखिन्छ। पहिलो त, यसपटक उनीतिर गठबन्धन छ। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजपाको गठबन्धन उनका लागि सहयोगी हुन्छ। त्यस्तो अवस्थामा उनको पक्षको मत नै १९ हजारभन्दा बढी हुन जान्छ।

अर्कोतिर, पार्टीको अघिल्लो वर्ष सम्पन्न महाधिवेशनबाट उनी महामन्त्री निर्वाचित भएका छन्। त्यसले पार्टी राजनीतिमा उनको प्रभाव बढाएको छ  नै, पार्टी बाहिर पनि छवि विस्तार गरेको छ। उनी सधैंभर चर्चा भइरहने नेता हुन्। चर्चा हुनु चुनावका लागि थप फाइदाजनक हुने गर्छ। काठमाडौं- ४ थापाको राजनीतिक आधारभूमि पनि हो।

अर्को उल्लेखनीय पक्ष भनेको, सांसदको रुपमा उनले खेलेको भूमिकाको पनि यथेष्ट प्रशंसा हुने गरेको छ। कोरोना महामारीको कठिन समयमा उनले सांसद र नेताको रुपमा देखाएको सक्रियताको पनि प्रशंसा भएको थियो।

साथै, उनले गरिरहेका अध्ययन, प्रोजेक्ट गभर्मेन्टको अभियानदेखि अन्य सार्वजनिक चासोको विषयमा उनले राख्ने धारणा जस्ता विषयले पनि उनीप्रति मानिसहरुको आकर्षण छ। त्यसले पनि मतदाताको पार्टी जेसुकै भए पनि, उम्मेदवार थापालाई मत दिनेहरु उल्लेखनीय हुनेछन् भनेर आकलन गर्न सकिन्छ।

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  २०:५५
  • #निर्वाचन क्षेत्र विशेष
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन प्रधानमन्त्री र पार्टी सभापतिबीच बुधबार भएको छलफलको निष्कर्ष अब बस्ने मन्त्रिपरिषद् बैठकका निर्णयमा देखिनेछ। बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति यसरी पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेन सरकारको ‘प्रेम’लाई आशंकाको दृष्टिले हेर्न थालिएको छ। सरकार विवादित नियुक्तिको पक्षमा अडिन... बुधबार, कात्तिक ११, २०८३
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक समितिको आजको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानी नोक्सानी र क्षतिको विव... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
काठमाडाैमा देखिन थाल्याे अर्नवकाे असर बिहीबार, कात्तिक १२, २०८३
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला? बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्