काठमाडौं– सामाजिक सञ्जालमार्फत् महिलासँग बार्गेनिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का २८ वर्षीय अमन राजथला छन्। उनलाई केन्द्रीय साइबर ब्यूरोको टोलीले साउन २४ गते पक्राउ गरेको हो।
राजथलाले नक्कली प्रोफाइल बनाएर फेसबुक, म्यासेन्जर चलाउने गरेको र त्यसमा महिलाहरुलाईसमेत साथी बनाई कुराकानी गर्ने र पछि बार्गेनिङ गर्ने गरेको साइबर ब्यूराका प्रवक्ता पशुपति रायले बताए।
अश्लिल कुराकानी गर्ने ती म्यासेजहरु सार्वजनिक गरिदिन्छु भन्दै ब्ल्याकमेलिङ गर्ने गरेको प्रहरीले जनाएको छ। ब्ल्याकमेलिङ गर्दै आर्थिक लाभ लिन खोजपछि पीडित महिलाले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्।
पक्राउ परेका राजथलाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।