काठमाडौं– प्रहरी प्रधान कार्यालयलाई स्मार्ट कार्यालयमा रुपान्तरण गर्ने काम सुरु भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईले बिहीबार पत्रकारसँग कुरा गर्दै उक्त विषयबारे जानकारी गराएका हुन्।
प्रहरी प्रधान कार्यालयलाई स्मार्ट कार्यालयको रुपमा रुपान्तरण गर्ने काम सुरु भइसकेको उनले बताए। सो अनरुप वरिष्ठ सईसम्मले कमाण्ड गर्ने युनिटमा कामको बोझ अनुसार प्रहरी प्रधान कार्यालयबाट थप टोली पठाइएको उनले जानकारी दिए।
प्रहरी प्रधान कार्यालयबाट अहिलेसम्म १४६ जना प्रहरीहरुलाई पठाइएको उनले बताए। वरिष्ठ सईलेसम्मले कमाण्ड गर्ने ठाउँमा कार्य बोझ बढी हुने र फिल्डमा बढी खटिनुपर्ने भएकाले त्यस्ता ठाउँमा स्मार्ट योजना अनुसार हेडक्वाटरबाट थप टोली पठाउन थालिएको राईको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।