काठमाडौं– नेपाल समाजवादी पार्टीले प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी विश्वदीप पाण्डेलाई दिएको छ।
बिहीबार काठमाडौंमा बसेको सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
पूर्वप्रधामन्त्री समेत रहेका डा बाबुराम भट्टराईको प्रेस सल्लाहकारको समेत जिम्मेवारी निर्वाह गरेका पाण्डे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाको अध्ययन गर्ने र मिडियामैत्री राजनीतिज्ञको रुपमा समेत परिचित छन्।
यसैगरी बैठकले फणीन्द्र देवकोटालाई केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।