दाङ– दाङमा ९ हजार २ सय २२ नयाँ मतदाता थपिएका छन्।
आगामी मंसिर ४ गतेहुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले सुरुआत गरेको मतदाता नामावली संकलनको क्रममा जिल्लामा उक्त संख्यामा नयाँ मतदाता थपिएका हुन्।
स्थानीय तहको निर्वाचनमा मतदाता नामावली बनाउन छुटेका मानिसहरुले पायक पर्ने कार्यालयमा गएर नामावली भरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।
दाङको पश्चिमी क्षेत्रका मतदाताले इलाका प्रशासन कार्यालय तुलसीपुर, घोराही क्षेत्रकाले जिल्ला प्रशासन कार्यालय घोराही र प्रदेश निर्वाचन कार्यालय घोराही तथा दाङ देउखुरी क्षेत्रका मतदाताले इलाका प्रशासन कार्यालय लमहीमा पुगेर मतदाता नामावली बनाएको सूचना अधिकारी कुँवरले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।