काठमाडौं– जग्गा पास गराइदिन्छु भन्दै बैना रकम लिएर फरार भएका बैंकिङ कसुरका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका–३ का ५२ वर्षीय छत्रबहादुर क्षेत्री रहेका छन्। उनलाई प्रहरीले बसुन्धराबाट पक्राउ गरेको हो।
उनले जग्गा पास गराइदिन्छु भन्दै ४० लाख रुपैयाँ लिएका थिए। पछि जग्गा पास नगराएपछि रकम फिर्ताका लागि बैंकको चेक दिएका थिए।
तर उक्त चेकको खातामा रकम नभएपछि पीडितले क्षेत्रीविरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेका थिए। पक्राउ परेका क्षेत्रीलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।