काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले सरकारले कृषिमा आवश्यक लगानी गर्न नसकेको बताएका छन्।
बिहीबार ‘खाद्यका लागि कृषि’ अभियानले खाद्य खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली, प्राङ्गारिक कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय कृषि नीति, २०६१, एकीकृत कृषि ऐन तर्जुमा सम्बन्धमा गराएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै यस्तो बताएका हुन्।
मन्त्री यादवले सरकारले अहिले कृषिमा गरिरहेको लगानीले आवश्यक्तालाई परिपूर्ति गर्न नसक्ने दाबी गरे। नेपाल कृषिप्रधान देश र अधिकांश नागरिक कृषिमा आश्रित रहे पनि सरकारले कृषि क्षेत्रको प्रवद्र्धन र विकासका लागि आवश्यक लगानी गर्न नसकेको उनको भनाइ।
उनले किसानहरुले प्राङ्गारिक मलमा जोड दिनुपर्ने ठाउँमा रासायनिक मलमा जोड दिइरहेको बताए। रासायनिक मलका कारण बढी मात्रामा विदेशमा पैसा बाहिरिएको भन्दै नागरिकमा प्राङ्गारिक मलको प्रयोगको बारेमा सचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।