काठमाडौं– संघीय संसद् अन्तर्गत दुईवटा समितिका बैठक बस्दैछन्। अन्तर्राष्ट्रिय सम्बन्ध समिति र महिला तथा सामाजिक समितिको बैठक बस्न लागेको हो।
आज बिहीबार बिहान ११ बजे बोलाइएको महिला तथा सामाजिक समितिको बैठकमा आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन र आगामी आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन रणनीति सम्बन्धमा छलफल हुनेछ।
बैठक समितिको सभाकक्षा संसद् सचिवालय सिंहदरबारमा बस्नेछ।
यसैगरी, दिउँसो १ बजे बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगति सम्बन्धमा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।