काठमाडौं– मादक पदार्थ प्रयोग गरेर सवारी चलाउने ११३ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाउने ११३ जनालाई कारबाही गरेको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लेन अनुशासन पालना नगर्ने १४९, सडक बत्ती पालना नगर्ने १२० जनालाई पनि कारबाही गरिएको छ।
यसैगरी, नम्बर प्लेट मेटिएका, छोपिएकालगायतका ३३ र अन्य २,३२६ गरि २,७४१ वटा सवारीलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। अघिल्लो दिन २,५५१ सवारी कारबाहीमा परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।