काठमाडौं–एकीकृत समाजवादीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फबाट जारी घोषणा पत्र मस्यौदा गर्ने जिम्मा तीन उपमहासचिवलाई दिएको छ।
बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले घोषणापत्र लेखनको जिम्मा उपमहासचिवत्रय प्रकाश ज्वाला, डा गंगालाल तुलाधर र विजय पौडेललाई दिने निर्णय गरेको हो।
बैठकले आगामी निर्वाचनमा पार्टीका तर्फबाट समानुपातिक र प्रत्यक्ष दुवैतर्फका उम्मेदवार छनोट गर्ने मापदण्ड एवं निर्णय प्रक्रियाका सम्बन्धमा प्रस्ताव तयार गरी अर्को बैठकमा पेश गर्न महासचिव बेदुराम भुसाललाई जिम्मा दिएको छ।
यस्तै, निर्वाचन निर्देशका मस्यौदा तयार गर्न निर्वाचन विभागलाई र दल दर्तासम्बन्धी आवश्यक काम गर्न उपमहासचिव एवं कार्यालय सचिव गंगालाल तुलाधरलाई जिम्मा दिने निर्णय गरेको महासचिव बेदुराम भुसालले जनाएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।