काठमाडौं- विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफ्नै नेतृत्वमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पार्टीपंक्ति समक्ष प्रस्ताव गरेका छन्।
मंगलबार सम्प्रेषित आह्वानमा उनले पार्टीमा अढाई महिनादेखि बहुमतबाट नेतृत्व चयन हुन नसकेको स्थितिमा अर्को एक हप्ताभित्र हुन सक्ने कुनै सम्भावना नदेखिएको बताएका छन्।
'नयाँ नेतृत्व निर्वाचन आयोगले अध्यावधिक गरेपछि मात्र उसको/उनको हस्ताक्षरले मान्यता प्राप्त गर्ने हो। यी सबै कामका लागि पर्खिन सक्ने स्थिति छैन', मिश्रको भनाइ छ, 'कानुनत: म अझै पनि पार्टीका लागि जिम्मेवार छु र म अब सक्रिय नहुने हो भने दल दर्ता हुने देखिँदैन।'
उनले संघीय निर्वाचन घोषणासँगै निर्वाचन आयोगले साउन ३१ गते सम्ममा ‘निर्वाचन प्रयोजन’का लागि दल दर्ता गर्न आह्वान गरेको स्मरण गर्दै दल दर्ता नगर्नु देशका विभिन्न ठाऊँमा तराजु चुनाव चिन्हमा चुनाव लड्न चाहने र पार्टीको यस्तो अवस्थामा पनि पार्टीप्रति प्रतिबद्ध भएर बस्ने सबैका लागि अन्याय हुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।