काठमाडौं– राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भएको शपथसम्बन्धी विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (बन्दी)ले विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।
विधेयकमाथि २ जना सांसद प्रेम सुवाल र घनश्याम खतिवडाले संशोधन दर्ता गराएका थिए। सभामुख अग्निप्रसाद सापकोटाले संशोधन फिर्ता लिन समय दिएपनि दुवै जनाले अस्वीका गरेका थिए। त्यसपछि बहुमतबाट उनीहरुको संशोधन प्रस्ताव अस्वीकार भएको घोषणा गरिएको थियो।
दफावार छलफल सकिएपछि बुधबारै कानुनमन्त्री बन्दीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। मन्त्री बन्दीको प्रस्तावपछि उक्त विधेयक ध्वनि मतका आधारमा बहुमतले पारित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।