काठमाडौं– राष्ट्रिय सभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक सम्पन्न भएको छ।
बुधबार बिहान राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको उपस्थितिमा बेठक सम्पन्न भएको हो।
राष्ट्रिय सरोकार समितिको हलमा भएको बैठकमा राष्ट्रिय गौरवको आयोजना उत्तर दक्षिण (कालिगण्डकी करिडोर) लोकमार्ग र वन, राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रमा आयोजना सञ्चालन सम्बन्धमा वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।