काठमाडौं– बालाजुको बाइपासमा आगालागी भएको छ।
बाइपासस्थित जुत्ता कारखानमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
अहिलेसम्म एउटा दमकल घटनास्थल पुगिसेको र बाँकी दमकलहरु जाँदै गरेको मैनालीले बताए।
स्थानीय, प्रहरी, नगर प्रहरीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। ललितपुरबाट पनि दमकल मगाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।