काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) पनि नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। बुधबार चाँदीको मूल्य भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको महासंघले जनाएको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजा १०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतिततोला ९६ हजार ६०० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार पनि सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको थियो। मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँ कायम भएको छ। मंगलबार भने चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला १ हजार २४० रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।