काठमाडौं– वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन भएको छ। बुधबार बिहान हृदयघातका कारण पाण्डेको निधन भएको हो।
पाण्डे लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय थिए। करिब १५ सयभन्दा धेरै म्युजिक भिडियो तथा थुप्रै फिल्म एवं डकुमेन्ट्रीहरु खिचेका पाण्डेले ‘कागबेनी’ फिल्ममा गरेको कामपछि चर्चा चुलिएको थियो।
त्यस्तै, पाण्डेले स्वर, भूँईमान्छे, हाम्रो टिमलगायतका फिल्ममा पनि काम गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।