काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ का लागि तय भएको निर्वाचन कार्यक्रमका लागि मतदाता नामावली अद्यावधिक तथा दाबी बिरोधको प्रकृया प्रारम्भ गर्ने भएको छ।
आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै भदौ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी बिरोधसमेत) को कार्यक्रम सञ्चालन हुने जनाएको छ।
उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको बिरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने लगायका विषयहरु कार्यक्रममा समावेश गरिएको जनाएको छ।
नामावली अद्यावधिक गर्नका लागि इमेल फ्याक्स तथा अनलाईन समेतबाट निवेदन दिने व्यवस्था भएको आयोगले जनाएको छ।
नामावली अद्यावधिकको काम सकिएपछि ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।