काठमाडौं- नेपाल समाजवादी पार्टी गठन गरेका डा बाबुराम भट्टराई र महिन्द्र राय यादवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। बालुवाटारमा भेट गरेर उनीहरु फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।
जसपाबाट अलग्गिएर नेपाल समाजवादी पार्टी गठन गरे पनि सो पार्टी सत्ता गठबन्धनमै रहने भनिएको छ। सोही अनुसार मंसिरको निर्वाचनमा तालमेलको विषयमा छलफल गर्न नेताद्वय बालुवाटार पुगेको बताइएको छ।
२०७४ सालमा डा भट्टराई गोरखा २ बाट निर्वाचित भएका थिए। उनलाई नेपाली कांग्रेसले पनि सहयोग गरेको थियो। त्यस्तै, यादव सर्लाही २ बाट निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।