काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित भएका प्रमुख/उपप्रमुखका लागि दुई दिने बधाई तथा शुभकामनासहित अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा साउन ३० र ३१ गते बधाई, शुभकामनासहित अभिमुखिकरण कार्यक्रम गर्ने भएको हो।
कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितमा स्थानीय तह निर्वाचन २०७९ मा विजयी भएकाहरुका लागि सो कार्यक्रम राखेको जानकारी दिएका छन्।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, नगरपालिका प्रमुख/उपप्रमुख र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षलाई आमन्त्रण गरिएको छ।
कार्यक्रममा सहभागी हुने विजेताहरुले यहि साउन २९ गते बिहान १० बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा नाम दर्ता गराउनसमेत अनुरोध गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।