काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्धको महाअभियोग यही संसदबाट टुंगो लाग्ने दाबी गरेका छन्। महाअभियोग सिफारिसका सन्दर्भमा अध्ययन गर्न गठित समितिले छिट्टै आफ्नो कामहरु पूरा गर्नेमा आफ्नो पार्टी आशावादी रहेको पुनको भनाइ छ।
मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग बोल्दै पुनले भने, ‘प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रक्रियामा गइसकेको छ। समिति पनि पहिले नै गठन भइसकेको छ। यो कुरा अहिलेकै संसदले टुंगो लगाउनुपर्छ।’
महाअभियोगको सन्दर्भमा जुन निर्णयमा पुगे पनि अहिलेको संसदमै पुग्नुपर्ने उनको भनाइ छ। ‘३ महिना भनेको अधिकतम समय हो। यसलाई टुंगोमा पुर्याउने गरेरै ल्याएको हो,’ पुनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।