काठमाडौं– न्याय परिषद्द्वारा रिक्त उच्च अदालतका लागि २७ न्यायाधीशको आवेदन खुला गरिएकोमा २७७ आकांक्षीहरुले उम्मेदवारी दिएका छन्।
परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गर्दै आवेदन माग गरेको थियो। परिषद्ले माग गरेको आवेदनमा जिल्ला न्यायाधीश, कानुन व्यवासायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारी र अन्य समूह गरि आवेदन दिएका थिए।
यीमध्ये जिल्ला न्यायाधीश रहेका ७६ जनाले आवेदन दिएका छन्। त्यस्तै कानुन व्यवसायीहरु १७४ जनाले आवेदन दिएका छन्। कर्मचारीतर्फ ४६ जनाले आवेदन दिएका छन्।
यसरी आवेदन दिनेमध्ये महिला १९ जना रहेका छन् भने २५८ जना पुरुष हुन्। उच्च अदालतको न्यायाधीशका लागि यसरी दिएको आवेदनलाई अब प्रारम्भिक छनोटमा लैजाने अनि पहिलो सूची प्रकाशित हुने न्याय परिषद्ले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।