• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

२०४८ सालमै सांसद बनेका यी २८ नेता,  जो फेरि गर्दैछन् प्रयास

64x64
डिबी खड्का मंगलबार, साउन २४, २०७९  १४:५१
1140x725

काठमाडौं– आम निर्वाचनको मिति घोषणा भइसक्दा पनि चलिरहेको संसद्‌ (प्रतिनिधि सभा) बैठकमा अहिले महिला सांसदहरुले दर्ता गराएको विशेष सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भइरहेको छ। पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीमा महिलाको प्रतिनिधित्व संकुचित हुँदै गएपछि महिला सांसद्‌हरुले निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत् (समावेशी) बनाउन निर्देशन दिनुपर्ने भन्दै संसद्‌ सचिवालयमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका थिए। 

उक्त प्रस्तावमाथि मंगलबारदेखि प्रतिनिधि सभाको बैठकमा छलफल सुरु भएको छ। छलफलका क्रममा सांसदहरुले महिला प्रतिनिधित्व बढाउन कानुनी व्यवस्थामा गरिनुपर्ने परिमार्जनका कुराहरु उठाएका छन्। 

महिला प्रतिनिधित्व संकुचित हुँदै जानुमा कानुनी व्यवस्था मात्रै नभएर पुरुष नेताहरुको सोच र प्रवृत्ति पनि जिम्मेवार रहेको महिला सांसदहरुको भनाइ छ।   

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले एउटा नेता उही निर्वाचन क्षेत्रबाट आजीवन उम्मेदवार बन्ने अवस्थाको अन्त्य गर्न माग गरिन्। यही मंसिरमा हुने निर्वाचनअघि नै त्यस्तो कानुनी व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। 

संसद्‌मा ध्यानाकर्षण प्रस्ताव पेस गर्दै उनले निर्वाचनसम्बन्धी कानुन संशोधन गर्दा यसलाई ध्यान दिनुपर्ने बताइन्।   ‘संघीय संसद्‌को प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक र पहिलो हुने (प्रत्यक्ष) दुवै निर्वाचन प्रणालीअन्तर्गत एउटा व्यक्ति, एउटै निर्वाचन क्षेत्र र एउटै निर्वाचन प्रणालीअन्तर्गत् निरन्तर बढीमा २ पटक मात्रै उम्मेदवार हुनसक्ने व्यवस्था गर्नुपर्छ। अहिलेको कोही आजीवन उम्मेदवार भइरहने र अरु आजीवन कसैको लागि मतदाता मात्रै बन्नुपर्ने अवस्थाको छ, यसको अन्त्य हुनुपर्छ,’ सांसद पाण्डेले भनिन्।  

यदि कोही नेतालाई सांसद बनाउनैपर्ने भए  फरक निर्वाचन प्रणाली र फरक निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउनुपर्ने उनको भनाइ छ।

विगत ३०/३१ वर्षदेखि निर्वाचन क्षेत्र ‘कब्जा’ गरेर बसेका नेताहरुका कारण महिलासँगै नयाँ ‘अनुहार’ले मौका नै नपाउने अवस्था सिर्जना भएकोप्रति संसद्‌सँगै सामाजिक सञ्जालमा पनि बहस चलिरहेको छ। सामाजिक सञ्जालमा त अहिले केही शीर्ष (प्रधानमन्त्री भइसकेका) नेताहरुलाई अबको चुनावमा ‘हराउने’ अभियान चलिरहेको छ।   

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत बहुदलपछि निरन्तर सांसद बन्ने वा बन्ने प्रक्रियामा सहभागी रहेको देखिन्छ। उनीहरु मात्रै होइन,  अन्य २८ जना नेताहरु पनि छन्,  जो २०४८ सालमै सांसद बनेका थिए। यसपल्ट पनि उनीहरु फेरि सांसद बन्ने तयारी गरिरहेका छन्। दुईपटक मात्रै एउटै निर्वाचन क्षेत्र र प्रणालीबाट सांसद बन्ने कानुन बनेको अवस्थामा भने अहिलेका धेरै नेताहरुले बिदा लिनुपर्ने देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

जो ०४८ सालमै ४० कटेका थिए 
आगामी निर्वाचनमा सांसद बन्न उम्मेदवार बन्नेहरुमध्ये सवैभन्दा पाको उमेरका दुईजना हुनेछन्। तनहुँ क्षेत्र नं १ बाट फेरि चुनाव लड्ने तयारी गरिरहेका रामचन्द्र पौडेल सोही क्षेत्रबाट २०४८ सालमा सांसद जित्दा ४८ वर्षकै थिए। सोही उमेरका अर्का सांसद थिए महन्थ ठाकुर। हाल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष रहेका उनी फेरि सांसद बन्ने तयारीमा छन्।

सांसद मात्रै नभइ प्रधानमन्त्री नै फेरि बन्ने तयारी गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराबाट पहिलोपटक सांसद बन्दा ४४ वर्षकका थिए। त्यसैगरी इलामबाट फेरि सांसद बन्ने तयारी गरिरहेका झलनाथ खनाल ४० वर्षमा पहिलोपटक सांसद बनेर प्रतिनिधि सभामा पुगेका थिए। हाल राष्ट्रिय सभा सदस्य रहे पनि फेरि चुनाव लडेर प्रतिनिधि सभा सदस्य बन्ने तयारीमा रहेका बामदेव गौतम ४३ वर्षको  उमेरमा बर्दिया १ बाट निर्वाचित भएका थिए।

जो ३० वर्षमै सांसद भए, ३१ वर्षपछि पनि दाबी
फेरि सांसद बन्ने तयारीमा रहेका नेताहरु यस्ता पनि छन्, जो आफू ३० वर्षमै सांसद भएका थिए, तर ३१ वर्षपछि ‘बाटो छाड्ने’ मनस्थितिमा छैनन्। 

वर्तमान गृहमन्त्री वालकृष्ण खाँण ०४८ सालमा रुपन्देही ३ बाट निर्वाचित हुँदा जम्मा ३० वर्षका थिए। त्यसैगरी नेकपा एमालेका नेता तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ पाँचथर १ बाट ३० वर्षमै निर्वाचित भएका थिए भने कैलाली क्षेत्र नं ३ बाट फेरि सांसद बन्ने तयारीमा रहेका कांग्रेस नेता रामजनम चौधरी पनि ३० वर्षकै थिए।

यसैगरी पूर्वमन्त्री थममाया थापा पनि २०४८ सालमा सांसद बन्दा ३० वर्षकै थिइन्। पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा मकवानपुर २ बाट जित्दा उमेर ३० वर्ष नै थियो। आगामी निर्वाचनबाट फेरि सांसद बन्ने तयारीमा रहेका एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधर धादिङ २ बाट चुनाव जित्दा तत्कालीन अवस्थामा सबैभन्दा कम उमेरका अर्थात् २९ वर्षका थिए।

३० वर्ष कटेका, ४० नपुगेका
एमाले अध्यक्ष केपी शर्मा ओलीले २०४८ सालमा झापा ६ बाट चुनाव जित्दा ३८ वर्षका थिए। उनी फेरि झापा ५ बाट उम्मेदवार बन्नेछन्। कृष्णबहादुर महरा संयुक्त जनमोर्चाका तर्फबाट रोल्पा २ बाट चुनाव जित्दा जम्मा ३२ वर्षका थिए। अहिले दाङ २ बाट उनी फेरि उम्मेदवार बन्ने दौडमा छन्।

विजय गच्छदार पहिलफपटक ३७ वर्षको उमेरमा सांसद भए। विजय सुब्बा ३३, राजेन्द्र पाण्डे ३५, लालबाबु पण्डित ३२ वर्षको उमेरमा सांसद भए। यसैगरी, वर्तमान उद्योग, वाणिज्य  तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडू ३२, कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का ३२, स्वतन्त्र सांसद रहेका छक्क लामा ३३ वर्षकै उमेरमा सांसद भएका हुन्।  

हृदेयश त्रिपाठी नवलपरासी ३ बाट २०४८ सालमा सांसद बन्दा  ३१ वर्षका थिए।

२०४८ सालमा राष्ट्रिय सभामा, अहिले प्रतिनिधि सभामा
फेरि प्रतिनिधि सभामा प्रतिष्पर्धा गर्ने लाइनमा रहेका केही नेताहरु २०४८ सालमै राष्ट्रिय सभामा पुगिसकेका थिए। एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपाल राष्ट्रिय सभामा थिए।

यसैगरी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सुवास नेम्वाङ, माओवादी केन्द्रका नेता रामेश्वर राय यादव र नेपाली कांग्रेसका नेता महेश आचार्य यसपल्ट फेरि प्रतिनिधि सभाका लागि उम्मेदवार बन्नेछन्। उनीहरु २०४८ सालमै राष्ट्रिय सभा सदस्य भइसकेका थिए। 
 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १४:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवित उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्