काठमाडौं– नेकपा एमालेकी सांसद विमला विश्वकर्माले आगामी निर्वाचनमा महिला–महिलाकाबीचमा प्रतिस्पर्धा गर्ने व्यवस्था हुनुपर्ने माग गरेकी छन्।
उनले प्रतिनिधि सभामा छलफलमा रहेको अमृता थापाको ध्यानाकर्षण प्रस्तावमा बोल्दै अहिले नै कानुनी सुनिश्चितता हुनुपर्ने माग गरेकी हुनु।
‘अबको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ५० प्रतिशत महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउने कानुनी व्यवस्था गरिनुपर्छ,’ उनले भनिन्, ‘ यसरी प्रतिस्पर्धा गर्दा महिला–महिलाकाबीचमा प्रतिस्पर्धा हुने व्यवस्था हुनुपर्छ।’
उनले महिलाको कानुनी अधिकार संविधानमार्फत् सुनिश्चित गरे पनि निर्वाचनमा विभेदको खाडल कायमै रहेको बताइन्। २०७४ मा पनि यस्तै देखिएको दाबी गर्दै प्रत्यक्षमा पुरुष र समानुपातिकमा महिला तत्कालीन समयमा देखिएकाले अब निर्वाचन कानुन बनाउँदा त्यसलाई सुधार गनुपर्ने उनको दाबी छ।
उनले निर्वाचन आयोगले अब ल्याउने एकीकृत निर्वाचन कानुनमा यस्तो व्यवस्था गनुपर्ने माग गरिन्। उनले महिलाहरुको समानुपातिक सहभागी हेर्दा दलित र अल्पसंख्यकहरुलाई पनि अवसर दिनुपर्ने तर दलिको अधिकार कटौती गर्न नहुने उनले टिप्पणी गरिन्।
उनले जातिय रुपमा पछाडी परेका महिलाहरुको अधिकार खोसेर उनीहरुको स्थानमा विकल्प राख्न नहुने उनकी भनाइ छ। अहिले खाली भएका ठाउँमा दलित महिला नै नभएको हो कि नल्याइएको हो अनुसन्धान हुनुपर्ने माग गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।