काठमाडौं– नेकपा एमालेकी सांसद निरुदेवि पालले महिलालाई अवको निर्वाचनमा पनि समानुपातिको सूचीमा राखेर पार्टी र राजनीतिक नेताप्रति नभइ जनताप्रति उत्तरदायी बनाउन माग गरिन्।
नेकपा माओवादीका सांसद अमृत थापा मगरले राखेको ध्यानाकर्षण प्रस्तावको छलफलमा भाग लिँदै उनले महिलाहरु पनि प्रत्यक्ष निर्वाचनमा भाग लिन सक्षम भएकाले संविधान अनुसार कार्यान्वयन हुनुपर्ने बताइन्।
उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा महिला र पुरुष समान संख्यामा प्रतिस्पर्धा गराउने कानुन संसद्ले बनाउनुपर्ने माग गरिन्।
त्यस्तै उनले गठबन्धनले स्थानीय तहमा महिलालाई प्राथमिकता नदिएकाले महिलाको प्रतिनिधित्व धेरै ठाउँमा खोसिएको आरोप उनले लगाइन्।
उनले महिलाको अधिकारलाई कटौती गर्ने कार्य तत्कालीन समयमा भएकोले अब बन्ने निर्वाचन कानुन बनाउँदा यसमा ध्यान दिन माग गरिन्।
संविधानले महिलालाई अधिकार दिने भनेको तर व्यवहारमा यसरी कटौती हुने गरेको उनको भनाइ छ। उनले स्थानीय तहको निर्वाचनमा कम गर्दा महिलामाथि विभेद कायम रहेको देखिएको बताइन्। प्रत्यक्ष निर्वाचनमा बढी भन्दा बढी महिलालाई सबै राजनीतिक दलले उठाउनुपर्ने उनले माग गरिन्।
‘अब समानुपातिका राखेर नेता र पार्टीप्रति होइन जनताप्रति महिलालाई उत्तरदायी बनाउन जरुरी छ,’ उनले भनिन्, ‘आवधिक निर्वाचनमा संविधानको आशय पालना गराउन यसअघि महिला समितिले निर्देशन समेत दिएको थियो। निर्वाचन आयोगले कानुन मस्यौदा गर्दै गरेको छ। अप संसद्मा कानुन बनाउँदा यसमा ख्याल गरिनुपर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।