सिओल- दक्षिण कोरियामा सक्रिय साहित्यकारहरुले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाली साहित्य समाज दक्षिण कोरियाको आयोजनामा कोरियाको सिओलमा ‘नेसास सम्मान तथा साहित्य महोत्सव’ मा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन्।
वक्ताहरुले पछिल्लो समय नेपाली साहित्यमा आख्यान मात्र अगाडि आएको र कविता विधा छायाँमा परेको भन्दै कविता विधालाई पनि सक्रिय रुपमा अगाडि बढाउन साहित्यकारहरुलाई आग्रह गरे।
कार्यक्रममा वर्तमान समयमा नेपाली साहित्यका विविध विधाहरु कविता, गजल र मुक्तकको अवस्थाबारे बहस र वाचन गरिएको थियो।
सोहि कार्यक्रममा गतवर्ष कोरियामा सक्रिय साहित्यकारहरुले प्रकाशित गरेको सहयात्रा नामक गीति एल्वमबाट संकलित रकमको ६० प्रतिशत रकम बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सेवक नेपालका सक्रिय अभियान्ता यम चापागाँई मार्फत हस्तानतरण गरिएको थियो।
त्यस्तै नेसासले कोरियामा रही नेपाली साहित्यमा योगदान पुर्याएको भन्दै स्रष्टाहरु प्रमोद साराङ्ग, डिआर अटु र कल्पना धरती लगायतलाई सम्मान गरेको थियो।
कार्यक्रममा सुरेन्द्र कार्की, देवसागर, शेसे लिम्बु, सन्तोष पौडेल, मणि भुसाल, जित लामा लगायतले आफ्ना सिर्जना सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।