काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीकी सांसद निरादेवी जैरुले काठमाडौंको फोहोर चार दिन व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था आउने बताएकी छन्।
मंगलवार प्रतिनिधि सभाको बैठकमा समय माग गरेर बोल्दै सांसद जैरुले यस्तो बताएकी हुन्। उनले काठमाडौंको फोहोर व्यवस्थापनको लागि काठमाडौं महानगरका मेयर मात्रै नभएर संघीय सरकारको सम्बन्धित मन्त्रालयले त्यसको व्यवस्थापन गर्नुपर्ने बताइन्।
उनले भनिन्, ‘काठमाडौंको फोहोर काठमाडौंका मेयरलाई जिम्मा लगाएर हुन्छ? संघको सम्बन्धित मन्त्रालयले यथाशीघ्र बसेर यसलाई निवारण दिएन भने अहिले पानी परिरहेको छ। चार दिन घाम लाग्यो भने बस्न सक्ने अवस्था हुँदैन।’
सांसद जैरुले दलित समुदायका नागरिकलाई नागरिकता वितरण गर्दा नागरिकतामा अपमान गरेर कुकुर, कुकुर्नी जस्ता नाम राख्ने प्रशासकीय अधिकृतहरुलाई निलम्बन गर्न सरकारसँग माग गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।