काठमाडौं– नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले किनारामा रहेका वर्ग समूदायलाई समानुपातिक र समावेशी तरिकाले अघि बढाउन नसकेको बताएकी छन्।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा ध्यानाकर्षण प्रस्तावमाथि बोल्दै सांसद पाण्डेले संविधान कार्यान्वयनमा आएको ६ वर्ष वितिसक्दा पनि महिलाको उल्लेखनिय सहभागिता नभएकाले आगामी प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा समानुपातिक सहभागिता बढाउन माग गरेकी हुन्।
उनले नेपालको संविधानले पालिका तहको प्रमुख र उपप्रमुखका विषयमा एक जना महिला अनिवार्य हुनु पर्ने व्यवस्था गरे पनि गत निर्वाचनमा सत्तारुढ दलहरुबााटै त्यसको कार्यान्वयन हुन नसकेको बताइन्।
‘२०७४ को निर्वाचनमा उपप्रमुखको पद भनेको महिलाको मात्र भएको भन्ने गलत सन्देश दिने तरिकाले राजनीतिक दलले उम्मेदवारी दिने स्थति रह्यो,’ उनले भनिन् ।
सांसद पाण्डेले संघीय निर्वाचनमा पनि प्रत्यक्षतर्फ पुरुषलाई नै उम्मेवार बनाइने र समानुपातिकमा मात्रै महिलालाई उम्मेदवार बनाइने प्रवृति स्थापित भएको बताइन्। उनले महिलालाई प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाउन दलहरुले कन्ज्युस्याँई गरेको गुनासो गरिन्।
जसका कारण सिमान्तकृत वर्ग, समूदायमा रहेका पुरुषकोसमेत उचित प्रतिनिधित्व सदनमा हुन नसकेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।