काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी प्रदेश र संघीय निर्वाचनमा सिट बाँडफाँटमा अपमान गरिए तालेमेल नहुने चेतावनी दिएका छन्।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेता खनालले यस्तो चेतावनी दिएका हुन्। निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा खनालले गठबन्धनमा अहिले जसरी दलहरु थपिएको छ सोही आधारमा आवश्यक तालमेल गर्नुपर्ने बताएका छन्।
उनले गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबैलाई दललाई समान रुपमा सिट बाँडफाँट गर्ने बुटी खोजेर अघि बढ्नुपर्ने बताए।
यस्तै वाम एकताका सबैभन्दा ठूलो दलकै पहल नरहेको भन्दै तत्काल कुनै पनि बृहत वाम एकताको सम्भावना नरहेको दाबी गरे।
यस्तै उनले परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जान लागेको विषयमा यो महत्वपूर्ण भ्रमण रहेको बताए। चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने सहमतिका बारेमा जोड दिनुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।