फाइल तस्बिर।
काठमाडौं– परराष्ट्रमन्त्री डा. नारायण खड्का आज मंगलबार छिमेकी देश चीन भ्रमणमा जान लागेका छन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन्। मन्त्री खड्का आगामी २६ गतेसम्म चीन भ्रमणमा रहने जनाइएको छ।
मन्त्री खड्काले भोलि बुधबार चिङदाओमा प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।
त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन्। गत मार्च महिनामा चिनियाँ परराष्ट्रमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।