काठमाडौं– आउँदो मंसिर ४ गतेलाई तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले मंगलबार दल दर्ता गराउँदैछ।
दिउँसो साढे १२ बजे निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिने कार्यक्रम रहेको एमालेको निर्वाचन विभागका उपप्रमुख निरज आचार्यले बताए।
दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल लगायतका नेताहरू आयोग पुग्नेछन्।
आयोगले आउँदो निर्वाचनका लागि आइतबारदेखि दल दर्ता सुरु गरिसकेको छ। आयोगले यही साउन ३१ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।