काठमाडौं– सत्ता गठबन्धनको दल नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य (सांसद) दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्। राष्ट्रिय सभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै गुरुङले शिक्षक, कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई जस्तै खेलाडीलाई पनि पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन्।
उमेर हदको व्यवस्था गरी खेलाडीलाई पेन्सन (निवृत्तिभरण)को व्यवस्था गरिनुपर्ने उनको भनाइ छ।
सांसद गुरुङले सबै उमेर समूहका नागरिकले खेल खेल्नका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइन्। खेलकुद क्षेत्रको विकासले मुलुकको विकास र समृद्धि समेत हुने तथा नागरिकहरु पनि स्वस्थ हुने भएकाले त्यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।
सांसद गुरुङले युवाहरुलाई सही बाटोमा ल्याउन पनि खेलकुद क्षेत्रमा उनीहरुको सहभागिता गराउन सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्। खुल
‘खेल मैदानहरु र खेलका साधनहरु व्यापक बनाउनु पर्दछ। खेलाडीहरुको सम्मान गरी उनीहरुको हौसला बढाउनु पर्दछ। सबै उमेर र समुहको आधारमा विभिन्न स्तरमा खेलकुदको प्रतियोगिताको आयोजना गरिनु पर्दछ। खेलाडीहरुलाई पेन्सन दिने व्यवस्था गर्न म सरकारको गम्भिर ध्यानकर्षण गर्दछु,’ सांसद गुरुङले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।