• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
वैदेशिक रोजगारीमा ठगी

‘पैसा फिर्ता पाइनँ भने आमालाई कसरी मुख देखाउने?’

64x64
सुरेन्द्र बजगाईं सोमबार, साउन २३, २०७९  १०:११
1140x725

काठमाडौं– २१ वर्षीय वीरेन्द्र भट्ट पढ्नकै लागि भनेर बैतडीदेखि काठमाडौँ आए। काठमाडौंको एक कलेजबाट प्लस टु सम्मको अध्ययन पुरा गरे। घरबाट आमाले पठाएको पैसाले काठमाडौंमा पढ्न र डेरा भाडा तिर्न धौ–धौ भयो। कामको खोजीमा लागे। कामसँगै स्नातक पढाइलाई पनि अगाडि बढाउँदै थिए। 

पढाइभन्दा घरको ऋणले च्याप्दै थियो। त्यसैले उनी २१ वर्षकै उमेरमै विदेश जाने सुर कसे। आफन्तहरूमार्फत् वैदेशिक रोजगारीमा पठाउने मानिसहरूसँग सम्पर्क गर्न थाले।

‘विदेश जाने तरखर गरेपछि मेरो भेट कृष्णकुमार चौरसियासँग भयो। उनले आफू र अर्को एक जना साथी मिलेर म्यानपावरबाट मानिसहरूलाई वैदेशिक रोजगारमा पठाउने गरेको बताए,’ उनी भन्छन्, ‘चौरसियाले त्यतिबेला दुबईमा राम्रो काम र तलब भएको र आफूले थुप्रै मानिसलाई पठाई काममा लगाइसकेको बताएका थिए।’

चौरसियालाई नेपालमा उनका साथी विकास थापाले सहयोग गर्ने गर्थे। ‘म दुबई बस्छु। नेपालमा विकासले प्रक्रिया गरी दुबई पठाउने काम गर्छ’ भट्ट चौरसियाले भनेको कुरा सम्झन्छन्, ‘हामीले पठाएका सबै जनाले राम्रो कमाइ गरिरहेका छन्। तपाई पनि जाने भए हामी सम्पूर्ण व्यवस्था मिलाइदिन्छौ।’

चौरसियाले मासिक एक लाख २० हजार कमाई हुने सपना देखाए। त्यहाँ पुगेर बाइकमा सामान डेलिभरि गर्नुपर्छ भनियो भट्टलाई। त्यहाँ जानका लागि ४ लाख २० हजार रुपैयाँ लाग्ने भनियो। यहाँ २० हजार पनि मुस्किलले पाउने भट्टले दुबईमा पाउने तलब एक लाख नै बढी थियो। त्यसैले चौरसियामार्फत् दुबई जान तयार भए भट्ट। 

तर उनीसँग पैसा थिएन। त्यसैले उनले आमालाई गाउँको सहकारीबाट ऋण निकालेर भए पनि पैसा पठाउन लगाए। आमाले पठाएको पैसा विकास थापाको खातामा जम्मा गरिदिएको भट्टले नेपाल लाइभलाई बताए। 

पैसा बुझाएपछि भट्टलाई उडाउने जिम्मा विकासले लिए। सुरुमा त विकासले नेपालबाट श्रम स्वीकृति लिएर नै पठाउने बताएका थिए। तर विदेश जाने बेलामा भने भिजिट भिसा दिएर ढाँटे। 

उनी भन्छन्, ‘भिजिट भिसा दिएपछि मैले यसरी त जाँदिन भनेर भनेँ। तर उनले मलाई त्यहाँ पुगेपछि वर्किङ भिसामा परिणत गराउने बाचा गराए। मैले नपत्याउने त कुरै भएन।’

Ncell 2
Ncell 2
nimb
nimb

उनी काठमाडौँको एयरपोर्ट हुँदै दुबई पुगे। त्यहाँको एयरपोर्टमा चौरसिया लिन आइपुगेका थिए। उनैले भट्टलाई कोठामा लगे। र, केही दिन कोठामा राखेर एउटा कम्पनीमा पनि पुर्‍याए। सुरुमा कोठामा राखेका भट्टलाई पछि भने कम्पनीकै क्याम्पमा राखियो।

‘मलाई क्याम्पमा त राखियो। तर काम भने लगाइएन। चौरसियाले पहिले एक महिनाभित्र काम लगाइदिन्छु यही बस्दै गर भनेको थियो। तर उसले आफूले भने अनुसारको वाचा पूरा गरेन,’ उनी भन्छन्, ‘काम गरेर घरमा आमाले लिएको ऋण तिरौला भनेको त उल्टो घरबाट नै पैसा मागेर खानु पर्‍यो।’

चौरसियाले त्यो एक महिनामा बाइकको लाइसेन्स निकालिदिने वाचा गरेका थिए। तर त्यो समयमा आफूलाई लाइसेन्सको क्लासमा समेत नलगेको उनको गुनासो छ। 

त्यसपछि उनले पटक–पटक चौरसियालाई फोन गरेर लाइसेन्सको प्रक्रिया अघि बढाउन र भिजिट भिसालाई वर्किङ भिसामा बदल्नका लागि दबाब दिन थाले। तर चौरसियाले  उनलाई फोन, म्यासेज सबैतिरबाट ब्लक गरेर सम्पर्कविहीन भए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले नेपालबाट पठाउने विकास थापालाई पनि भिसा अवधि सकिन लागेको गुनासो गरे। तर थापा अब सबै काम चौरसियाले नै गर्ने भनेर पन्छिए।

चौरसियासँग जसोतसो सम्पर्क भयो। तर यसपटक उसले भन्यो, ‘तैँले मलाई पैसा दिएको छैन, जसलाई पैसा दिएको हो उसैसँग कुरा गर्नुु।’ अनि उल्टै भन्यो–‘तेरो भिसा सकिएको छ, पुलिस लगाएर जेल हालिदिन्छु।’ 

भिसा अवधि सकिएपछि उनलाई क्याम्पबाट निकालियो। उनी भन्छन्, ‘बस्ने ठाउँबाट नै निकालिदिएपछि त हामी कहाँ जाने? कति दिन त मलगायतका ४ जना साथीहरू बाटोमा नै सुत्यौं।’

यस्तै हन्डर खाएर उनी विदेश गएको ५ महिनामै नेपाल फर्किएका छन्। नेपालमा आएर उनले आफूलाई विदेश पठाउनेहरू विरुद्ध वैदेशिक रोजगार विभागमा मुद्दा पनि हालेका छन्। उनीहरुबाट आफूमात्रै नभई अरु पनि ठगिएको उनले बताए। 

पटक–पटक समाउँदै, छोड्दै
उनलाई दुबईमा रोजगारीमा पठाउनका लागि ४ लाख ४५ हजार रुपैयाँ लिने विकास थापाले अरूलाई पनि ठगी गरेको पाइएको छ। उनीविरुद्ध विभागमा उजुरी परेपछि गत असार ३० गते प्रहरीले पक्राउ गरेको थियो। त्यतिबेला थापाले दुई जनालाई विदेश पठाउने भनेर ११ लाख उठाएर विदेश पुर्‍याई अलपत्र पारेका थिए। तर उनी धरौटीमा छुटे। उनलाई फेरि वैदेशिक रोजगारसम्बन्धी कसुरमा काठमाडौं वसुन्धराबाट पक्राउ गरिएको छ। 

थापाले प्रहरीको फन्दामा पर्दासमेत आफूले लिएको पैसा फिर्ता नगर्ने बताएको भट्ट बताउछन्। ‘प्रहरीले थापालाई  पक्राउ गर्‍यो। तर पहिलेका मानिसलाई पनि पैसा नदिई छुटेको रहेछ’, उनी भन्छन्, ‘अरूलाई जस्तै मेरो पैसा फिर्ता गरेन भने मैले आमालाई कसरी मुख देखाउने?’

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्