काठमाडौं– साताको पहिलो कारोबार दिन आइबार नेप्से परिसूचक १० अंकले बढेको छ।
आइबार नेप्से सूचक १०.२७ अंकले बढेर २१२३.८३ बिन्दुमा पुगेको हो। कारोबारमा आएका २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता सेयर २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्सेका १३ उपसमूहमध्ये लाइफ इन्स्योरेन्स उपसमूहबाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ।
जसमा जीवनबीमा उपसमूहको सेयर मूल्य ०.५ प्रतिशतले घटेको छ। होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले बढेको छ।
नेप्से परिसूचक बढेसँगै मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
त्यस्तै, तेह्रथुम पावरको ९.६५ प्रतिशत, उपकार लघुवित्तको ९.१३ प्रतिशत, गुह्वेश्वरी फाइनान्सको ८.५७ प्रतिशत र साहस उर्जाको सेयरमूल्य ६.११ प्रतिशतले बढेको छ।
तर, यता नयाँ सारथी लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ३.४८ प्रतिशतले घटेको छ भने ग्रामीण विकास लघुवित्तको ३.३८ प्रतिशतले घटेको छ।
आइबार शिवम् सिमेन्टको १३ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने नबिल बैंकको १२ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।