काठमाडौं- आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि दल दर्ताको प्रक्रिया सुरु भएको छ। आयोगको सूचना अनुसार आइतबारदेखि सो प्रक्रिया सुरु भएको हो।
आइतबार साढे १ बजेसम्म चारवटा पार्टी आयोगमा दर्ता भइसकेका छन्। पहिलो पार्टी भने सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको हो।
सरकारले प्रतिनिधि सभा र प्रदेश सभाका लागि आगामी मंसिर ४ गते एकैचरणमा निर्वाचन हुने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।