मोरङ– मोरङको विराटनगर महानगरपालिका-८ बालगोपाल टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
शनिबार राति ९ बजे स्थानीय ३० वर्षीय राजु मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भीर घाइते भएका थिए।
करेन्ट लागि गम्भीर घाइते भएका मुखियालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।