गुल्मी– गुल्मीको रेसुंगामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
रेसुंगा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नम्बरको ट्रक रेसुंगा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको मृत्यु भएको प्रहरीले जनाएको छ।
आज आइतबार बिहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए। ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।