काठमाडौं– चीनका वाणिज्य बैंकहरूले निजी व्यवसाय प्रवर्द्धनलाई प्रोत्साहन गर्न अधिक ऋण प्रवाहको व्यवस्था गरेका छन्।
बैंक तथा बीमा नियामक निकायको निर्देशनअनुसार निजी उद्यम बढाउन ऋण सहयोगको सीमामा वृद्धि गरिएको हो। बैंक तथा वित्तीय संस्थाहरूले निजी उद्यमीहरूलाई दिनुपर्ने कर्जा अघिल्लो वर्षको जुन महिनाको तुलनामा यो वर्ष ११.४ प्रतिशतले बढेको छ।
निजी उद्यमहरूलाई नयाँ कर्जाको ब्याजदर बितेका छ महिनाको ४.७४ थियो जुन गत वर्षको सोही अवधिको तुलनामा ०.५७ प्रतिशत बिन्दुले कम हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।