काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि स्थिर र बलियो सरकार गठन हुने बताएका छन्।
पाँच दिने जापान भ्रमणको पहिलो दिन त्यहाँ आयोजित 'नेपाल फेस्टिवल' कार्यक्रममा सम्बोधन गर्दै उनले सो सरकारले आर्थिक विकासलाई प्राथमिकता दिने बताए।
'छिट्टै नेपालमा निर्वाचन हुँदैन। तपाईंहरुलाई थाहा छ, स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। अब प्रदेश र संघको निर्वाचन हुँदैछ। प्रदेश र संघको निर्वाचपछि अझ स्थिर र बलियो सरकार गठन हुनेछ। जननिर्वाचित बलियो सरकारले अब ढिलो नगरी आर्थिक विकासलाई प्राथमिकतामा राखेर लानेछ। विकासलाई प्राथमिकता दिने सुशासनलाई प्राथमिकता दिने छ', उनले भने।
प्रचण्डले अहिले विदेशमा रहेका नेपालीहरुलाई मतदान दिनेतिर आफूहरु बहस गरिरहेको पनि बताए। नेपाल फेस्टिवल जस्ता कार्यक्रमले जापानी जनता र नेपाली जनताबीच जनताकै स्तरमा सम्बन्ध बढाउने प्रचण्डको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।