काठमाडौं– नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ। भरतपुर महानगरपालिमा-२९ केराबारी नजिकै मौरी पुलमा पहिरो खसेपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो।
शुक्रबार बिहान दुई बजेतिर लेदोसहितको पहिरो खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले जानकारी दिए।
वर्षा भएपछि खोल्सामा थुप्रिएको माटो‚ ढुंगा र गेग्रान बग्दै पुलमाथि आएर थुप्रिने गरेकाले पानी पर्नासाथ मौरी पुलमा बाटो बन्द हुने गरेको छ।
सोमबारदेखि उक्त क्षेत्रमा पटक पटक बाटो अवरुद्ध हुँदै आएको छ। काठमाडौं जोड्ने मुख्य बाटो अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने यात्रुले सास्ती खेपिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।