काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभाको कार्यकालबारे कानुनमार्फत स्पष्ट पानुपर्ने टिप्पणी गरेका छन्।
कार्यकाल समाप्त हुनेबारे संवैधानिक कानुनविद्हरुका फरक–फरक तर्क आइरहेको समयमा उनले कार्यकालबारे बोल्ने निकाय आयोग नभएकाले यसमा थप टिप्पणी नगर्ने तर निर्वाचनको मैदानमा सबै समान भएर प्रतिस्पर्धामा जानुपर्ने बताए।
‘सांसदहरुको कार्यकालको विषयमा प्रश्न उठेको छ। प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालको व्याख्या निर्वाचन आयोगले गर्ने अधिकार छैन,’ उनले भने, ‘आयोगले निर्वाचित मितिबाट पदावधि हुने भएकाले मंसिर २१ गतेबाट प्रतिनिधि सभा समाप्त हुने यसअघि नै स्पष्ट भनेको छ।’
सरकारले यसलाई स्वीकार गरेको भन्दै यसमा कुनै विवाद नभएको उनले बताए। उनले सबै उम्मेदवारले समान र एउटै खेल मैदानको रुपमा स्वीकार गर्ने उनले बताए। ‘उम्मेदवारी दिनुभन्दा अघिल्लो दिन वा दिएकै दिनबाट स्वत: समाप्त हुनुपर्ने आयोगको मान्यता छ,’ उनले भने, ‘यसलाई कानुनले कहीँ न कहीँ सम्बोधन गरिनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।