काठमाडौं– निर्वाचन आयोगले नेपाल सरकारले तोकेको समयमा निर्वाचन स्वच्छ, भयरहीत र पारदर्शीरुपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएको छ।
बिहीबार मात्र मन्त्रिपरिषद्ले संघ र प्रदेशको निर्वाचन एकै चरणमा मंसिर ४ मा गर्ने घोषणापछि आयोजित आयोगको पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग्राम पौडेलले उक्त कुरा बताएका हुन्।
‘सरकारले तोकेको मीतिमा स्वच्छ, स्वतन्त्र, विस्पक्ष र विश्वसनिय, भयरहीत र पारदर्शीरुपमा निर्वाचन सम्पन्न गर्न आयोग पूर्णरुपमा प्रतिबद्ध छ,’ प्रवक्ता पौडेले बताएका छन्।
साथै आयोगले नेपाल सरकारलाई प्रतिनिधि सभा र प्रदेश सभाको मिति घोषणा गरेकोमा धन्यवाद पनि दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।