काठमाडौं- सरकारले मंसिर ४ गते गरेको निर्वाचनको घोषणालाई एमालेले स्वागत गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन अपेक्षित रहेको बताउँदै स्वागत गरेका हुन्।
नेपालस्थित विदेशी सञ्चार माध्यमका संवाददाताहरुसँग छलफल गर्ने क्रममा उनले यस्तो बताएका हुन्। अध्यक्ष ओलीले आफूहरुको माग समयमा नै चुनावको भएको बताएका छन्।
नव घोषणालाई एमालेले सकारात्मक रुपमा लिएको उनको भनाइ छ।
यस्तै एमालेका सांसद शेरबहादुर तामाङले पनि सरकारले मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन मितिलाई एमालेले स्वागत गर्ने बताएका छन्।
नेपाल लाइभ सँग संक्षिप्त प्रतिक्रिया दिँदै तामाङले प्रजातन्त्रमा निर्वाचन नियमित प्रक्रिया भएकाले मिति तोकेर सरकारले नियमित काम गरेको बताए।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।