काठमाडौं- प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति टुंगो लगाएको हो।
बुधबार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते निर्वाचन गर्ने सहमति गरेको थियो। सोही अनुसार मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको बैठकमा सहभागी भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्री शशी श्रेष्ठले नेपाल लाइभलाई जानकारी दिए
यसअघि २०७४ सालमा प्रतिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर १० गते र मंसिर २१ गते गरी दुई चरणमा सम्पन्न भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।