नयाँ दिल्ली (एजेन्सी)- भारतीय फिल्म निर्देशक कुन्दन शाहको निधन भएको छ।
६९ वर्षीय शाहको शुक्रबार अबेर राति मुम्बईमा हृदयाघातका कारण निधन भएको हो । चर्चित फिल्म 'जाने भी दो यारों' का लागि बढी चिनिने उनले कैयौं हिट फिल्म र लोकप्रिय टिभी सिरियल पनि बनाएका थिए।
'कभी हां कभी ना', 'क्या कहना', 'दिल है तुम्हारा' जस्ता फिल्म बनाएका निर्देशक शाहले 'नुक्कड' र 'वागले की दुनियाँ' लगायत सिरियल बनाएका थिए।
शाहलाई भारतीय सिनेमामा कमेडी विधालाई दर्शकमाझ पस्किएको श्रेय दिइन्छ । उनको फिल्म 'जाने भी दो यारों' लाई बलिउडको क्लासिक फिल्मा मानिन्छ । उनले निर्देशन गरेको अन्तिम फिल्म 'पी से पीएम तक' सन् २०१४ मा रिलिज भएको थियो । उनको जन्म १९४७ अक्टोबर १९ मा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।