• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चोलेन्द्रको पुनरागमन सभामुखको हातमा!

निर्वाचन घोषणासँगै प्रतिनिधि सभा विघटन भयो भने के हुन्छ महाभियोग प्रस्ताव? 
64x64
दुर्गा दुलाल बिहीबार, साउन १९, २०७९  ०९:०६
1140x725

काठमाडौं– सोमबार नेपाल बार एशोसिएसनका पदाधिकारी सभामुख अग्नि सापकोटालाई भेट्न पुगे। सभामुख सापकोटासँगको भेटमा उनीहरूले पाँच महिनादेखि प्रतिनिधि सभामा विचराधीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्तावबारे चासो राखे। 

गत फागुन १ गते दर्ता भएको महाभियोग प्रस्तावमाथि हालसम्म किन निर्णय हुन सकेन भनि बारका पदाधिकारीहरूले चासो राखे। सभामुख सापकोटाले महाभियोगको प्रस्ताव अघि बढाउने कुरामा आफू गम्भीर रहेको जवाफ दिए। तर, बजेटको काम चलिरहेकाले यो अधिवेशनमा सम्भव नभएको बताए। उनले अर्को अधिवेशनमा यसलाई प्राथमिकता दिएर छलफलमा लैजाने बताएको नेपाल बारकी महासचिव अजिता खनालले बताइन्। 

सभामुख सापकोटाले बजेट  अधिवेशनमा अन्य धेरै काम भएको र अधिवेशन अन्त्य हुन लागेको कुरा पनि संकेत गरेका थिए। नेपाल बारका पदाधिकारीसँग सभामुख सापकोटाले मुख्य रुपमा तीन कुरामा संकेत गरेका थिए। पहिलो, यो अधिवेशनमा महाभियोगमाथि छलफल नहुने। दोस्रो, अब अधिवेशन अन्त्य हुने र तेस्रो, सरकारले निर्वाचन घोषणा गरेपछि पनि प्रतिनिधि सभाको कार्यकाल मंसिरसम्म रहने भएकाले बजेट अधिवेशन अन्त्य गरेको केही समयपछि हिउँदे अधिवेशन आह्वान गरेर केही समय सञ्चालन गर्ने।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले सभामुखसँग बारले महाभियोग प्रस्तावमाथि छिटो निर्णय गरिदिन आग्रह गरेको बताए। उनले कुन अधिवेशन वा कहिले भन्ने विषय आफूहरूको नभएको बताए। उनले फागुनदेखि विचाराधीन महाभियोग छानबिनका लागि समिति गठन भएको तर त्यसले काम नै नगरेको विषयमा पनि आफूहरूले जिज्ञासा राखेको बताए। सभामुख सापकोटाले सिधा अर्थमा नभनेपनि उनले घुमाउरो रुपमा राणाविरुद्ध दर्ता भएको महाभियोग अब छलफलमा नजाने संकेत दिए। सरकारले निर्वाचन घोषणा गरेमा प्रतिनिधि सभाको कार्यकाल समाप्त हुने कि कायम रहने बहस चलिरहेका कारण पनि महाभियोगको विषय अन्योलमा परेको छ। 

राणाको पुनरागमन कति सम्भव? 
संवैधानिक कानुनका विज्ञहरूले प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रस्ताव भएकाले संसद् नै समाप्त भएपछि उक्त प्रस्ताव स्वतः निस्क्रिय हुने दाबी गरेका छन्। वरिष्ठ अधिवक्ता विपिन अधिकारीले निर्वाचन घोषणा गरेसँगै प्रतिनिधि सभा पनि विघटन हुने भएकाले महाभियोग प्रस्ताव स्वतः समाप्त हुने बताए। 

‘राणा विरुद्धको महाभियोग प्रस्ताव अहिले संसद्‌मा पेन्डिङमा छ। यदि निर्वाचन घोषणा भयो भने त्यो प्रस्तावको औचित्य समाप्त हुन्छ। जसले ल्याएको छ, ती मान्छेहरू प्रतिनिधि सभामा रहँदैनन्’ अधिकारीले भने, ‘महाभियोगको प्रस्ताव खारेज हुनसक्छ। किनभने, जुन अड्डाले कारबाही गर्ने हो। त्यो नै भंग भएपछि, जसलाई थुनिएपछि उसलाई थुनुवा भन्न पाइन्छ त? पाइएन नि!’ 

चार्ज लगाउने हैसियत नै छैन भने उसले किन सजाय खेप्ने भन्ने प्रश्न उठ्ने उनले बताए। ‘त्यो महाभियोग प्रस्तावको ‘स्टेक होल्डर’ प्रतिनिधि सभा हो। प्रतिनिधि सभा नै विघटन हुँदैछ भने उहाँ (निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा) लाई रोकतोक हुँदैन’, उनले भने, ‘प्रतिनिधि सभा बिदा हुने बित्तिकै उहाँ पुनःस्थापित हुन पाऊँ भनेर सर्वोच्च अदालतमा जान सक्नुहुन्छ। उहाँले रिट हाल्न सक्नु हुन्छ। तर, रिट हाल्दा पनि फैसला हुँदासम्म बिदा हुने अवस्था आउन सक्छ। तर गलत चाहिँ गलत भएको हो।’ 

उनले महाभियोगमा निर्णय गर्न ढिलाई हुनु गलत भएको बताए।  ‘यहाँ त्रिपक्षीय सम्झौता भएको देखिन्छ। प्रधानन्यायाधीशले पनि धाकधम्की नलगाउने, भएका कुराहरू सार्वजनिक नगरिदिने’ अधिकारीले थपे, ‘सरकारका तर्फबाट पनि तपाईंको तलब भत्ता, पेन्सन जति छन्, हाम्रा कारणले असुरक्षित हुँदैनन् भन्ने ग्यारेन्टी दिने काम भएको छ भने प्रतिपक्षले पनि ठीकै छ, तपाईं मुख थुनेरै बस्नुहोस्, हामीलाई पनि आनन्दै छ भनेर बसेको देखिन्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

राणा सर्वोच्च फर्किन सक्छन् कि सक्दैनन् भन्ने प्रश्नमा अधिकारीले सर्वोच्चमा जाने मौलिक अधिकार प्रधानन्यायाधीशसँग हुने बताए।  

वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेलले पनि त्यस्तो अवस्थामा प्रतिनिधि सभामा विचाराधीन राणा विरुद्धको महाभियोग प्रस्ताव स्वतः खारेज हुने बताए। ‘जुन प्रतिनिधि सभामा र सांसदहरूले प्रस्ताव दर्ता गराए त्यो नै नरहेपछि यसको औचित्य समाप्त भएर खारेज हुन्छ।’ महाभियोगको प्रस्ताव खारेज भएपछि पनि राणा सर्वोच्च फर्कन भने अझै नपाउने पोखरेलले बताए। 

गत फागुन १ गते राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो। त्यसपछि सभामुखले पत्र लेखेर उनीविरुद्ध महाभियोग दर्ता भएकाले निलम्बनमा रहेको जानकारी सर्वोच्च अदालत लगायतका निकायलाई दिएका थिए। योसँगै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्चको जिम्मेवारी सम्हाल्ने मौका पाएका थिए। महाभियोग खारेज भएपछि सभामुखले प्रतिनिधि सभाबाट पारित नभएको र प्रतिनिधि सभा हाल विघटन भएकाले निलम्बन समाप्त भएको पत्र पठाउनु पर्ने वरिष्ठ अधिवक्ता पोखरेल बताउँछन्।

‘सभामुखले सर्वोच्च अदालत र अन्य निकायलाई यस्तो व्यहोराको पत्र लेखेमा उनी (राणा) निलम्बनबाट मुक्त हुन्छन्’ उनले भने, ‘तर, सभामुखले पत्र पनि लेखेनन् र त्यो विषयलाई प्राथमिकतामै राखेनन् भने राणाको निलम्बन कायमै रहन्छ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संघीय संसद् सचिवलायका प्रवक्ता रोजनाथ पाण्डेले प्रतिनिधि सभा विघटन भएको अवस्थामा  महाभियोग सम्बन्धी विचाराधीन प्रस्ताव के हुने भनेर नियमावलीमा कुनै व्यवस्था नभएको बताए। संसद्को नियमावलीमा यस बारेमा उल्लेख नभएकाले आफूले के हुन्छ भन्न नसक्ने उनले बताए। 

आरोप लागेको व्यक्ति त्यसै फर्कन्छ वा फर्कदैन भन्ने कुनै पनि परिकल्पना संसद्को नियमावलीले गरेको देखिँदैन। नियमावलीले महाभियोग दर्ता भएपछि पारित हुन्छ वा फेल हुन्छ भन्ने मात्र कल्पना गरेको देखिन्छ। यी दुवै नभएको अवस्थामा के हुने भन्ने केही देखिँदैन। 

अर्को विकल्प : वेवास्ता गर्ने  
फागुनमा दर्ता भएको महाभियोग अगाडि बढाउन न त सत्ता पक्ष तयार भयो न प्रतिपक्ष नै। कुनै कुनै समयमा अजेण्डाको रुपमा प्रतिपक्षका सांसदहरूले महाभियोगको प्रस्ताव किन रोकियो भनेपनि गम्भीर बहस हुन सकेको छैन। 

राणा सर्वोच्चमा रहँदा निकै विवादित भएका, महाभियोग दर्ता हुुँदा उनीविरुद्ध आन्दोलन भएको र त्यसपछिका दिनमा पनि राणा संलग्न भएका अनियमितताका घटना सार्वजनिक भइरहेका कारण प्रतिपक्षले यसलाई जोडदार रुपमा उठाउन नचाहेको देखिन्छ। सर्वोच्च अदालतको भवन निर्माणदेखि सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दामा गरेको फैसला समेतले राणाविरुद्ध खुलेर एमालेले लबिइङ गरेको थिएन। उनको पक्षमा कहिलेकाहीँ आवाज उठाउने गरेपनि त्यसलाई सत्तापक्ष विरुद्धको अजेण्डाकै रुपमा अघि बढाएन। 

संसद्‌मा रहेका अन्य दलहरूले पनि राणा आफैं विवादस्पद व्यक्ति भएका कारण बोक्न चाहेनन्। अब निर्वाचन घोषणासँगै राणा विरुद्धको महाभियोग तेस्रो विकल्पमा अघि बढ्ने देखिन्छ। पाँच महिनासम्म अलपत्र रहेको महाभियोग अब केही महिना सभामुखमार्फत् कुनै पत्र नलेख्ने नीति सत्तापक्षले लिने देखिन्छ।  

निर्वाचनपछि नयाँ सभामुख आउने अवधिसम्म राणाले नै अवकाश पाइसक्ने भएकाले महाभियोगमाथि छलफल गर्नु पर्ने छैन। राणाले मंसिरमै अवकाश पाउने भएकाले सत्ता गठबन्धनलाई पनि सजिलो हुने छ। 

अर्कोतिर, राणाविरुद्ध दर्ता भएको महाभियोग पारित गर्नका लागि दुई तिहाई नपुग्ने भएकाले सत्ता गठबन्धनले यसलाई अघि बढाउन चाहेको छैन। राणाले २०७५ पुस १८ गते सर्वोच्चको जिम्मेवारी सम्हालेका थिए। उनी २०७९ मंसिर २७ गते अनिवार्य अवकाशमा जानेछन्। 

फर्किने पर्खाइमा राणा 
राणा अहिले पनि सरकारी निवास बालुवाटारमा बस्दै आएका छन्। उनले निवास खाली नगर्नुको एकमात्र कारण हो– महाभियोग असफल हुने। अनि, सर्वोच्च फर्किने आस।

सत्ता पक्षसँग बहुमत नभएकोले प्रस्ताव पारित नहुने भएकाले आफू फर्कने बाटो खुल्ने राणाको बुझाइ छ। सत्ता गठवन्धनभित्र अहिले चलिरहेको छलफल र संविधानविदहरूले निर्वाचन घोषणा गरेसँगै प्रतिनिधि सभा विघटन हुन्छ भन्ने तर्कलाई विश्वास गर्दा पनि आफू विरुद्धको महाभियोग स्वतः निस्क्रिय हुने उनले अनुमान गरेका छन्। त्यसपछि आफू सर्वोच्च फर्कने राणाको तयारी छ।

राणाले आफूनिकट कानुन व्यवसायी र आफन्तहरूलाई चार महिनाका लागि भएपनि आफू सर्वोच्च फर्कने बताएका छन्। 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  ०९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला जसमध्ये रसुवामा २ सय ३७ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर... बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको... बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाहले बुधबार बिहान पालाञ्चोक भगवती पुगेका... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्