काठमाडौं– नेपाल राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपभन्दा व्यक्तिगतमा २ प्रतिशत कम ब्याजदर दिने व्यवस्था गरेको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको कार्यान्वयनको लागि निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत)मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दतीनिक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ।
गतवर्ष यस्तो ब्याजदर १ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था थियो। अहिले वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।