• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जीवन बिमा, नक्कली विवाह र हत्या: त्यसपछि सपनाले बुझिन् २ करोड ५० लाख

हत्यालाई सवारी दुर्घटना देखाएर रकम लिने ६ जना पक्राउ
64x64
नारायण अधिकारी शुक्रबार, साउन १३, २०७९  १३:२७
1140x725
सर्जनको हत्या तथा बिमा बापतको रकम ठगी गरेको कसुरमा पक्राउ परेका ६ जना।

काठमाडौं– जीबन बिमा कम्पनीबाट रकम हत्याउनका लागि बाँकेमा ६ जनाको समूहले १ जनाको योजनाबद्ध हत्या गरेको खुलेको छ। झण्डै ६ महिनादेखि योजना बनाएर २१ वर्षीया किशोरको बिमा गरी, सवारी दुर्घटनामा मृत्यु भएको देखिने गरेर हत्या गरी उक्त समूहले बिमाबापत २ करोड ५० लाख रुपैयाँ लिएको खुलेको हो।  

बाँकेको कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय सर्जन विक २०७८ वैशाख १ गते राति करिब ११ बजेको समयमा टिपरमा बालुवा लोड गर्ने भन्दै भे १ प १७२७ नम्बरको मोटरसाइकल चलाएर गएकोमा काम सकेर घर फर्किँदै थिए। बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरको भित्री सडकमा आइपुग्दा उनलाई भे १ ख २४९१ नम्बरको मिनी बसले ठक्कर दियो। 

बसको ठक्करबाट घाइते भएर बाटोमा अलपत्र अवस्थामा फेला परेपछि प्रहरीले त्यही राति उनलाई कोहलपुर मेडिकल कलेजमा लगेको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भयो। 

ठक्कर दिने गाडीका चालक थिए बैजनाथ गाउँपालिका–८ का ३३ वर्षीय टोपबहादुर राना क्षेत्री। यस्तै, मृतक सर्जन सवार मोटरसाइकलका धनी कोहलपुर–१५ का सरदार अहमद खाँ थिए। प्रहरीको अनुसन्धानपछि बसका चालक टोपबहादुरसहित खाँविरुद्ध पनि बाँके जिल्ला अदालतमा सवारी ज्यानको मुद्दा दर्ता भयो। 

जिल्ला अदालतले २०७८ माघ २५ गते बसका चालक टोपबहादुरलाई ३० दिन कैद र २ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनायो भने मोटरसाइकल धनी खाँले सफाइ पाए। 

अदालतले सवारी ज्यानको मुद्दा टुंग्याएपछि मृतक सर्जनको नाममा गरिएको जीबन बिमा र म्यादी जीवन बिमा वापत रिलायन्स लाइफ इन्स्योरेन्सबाट २ करोड ५० लाख रुपैयाँ बराबरको चेक भुक्तानी लिएर उनकी श्रीमती भनिएकी सपनाले कामना सेवा विकास बैंकको कोहलपुर शाखामा रहेको आफ्नो खातामा जम्मा गरिन्। 

तर, सपनाको खातामा रकम जम्मा भएको छोटो समयमै ठूलो रकम अरुको खातामा अस्वभाविक ट्रान्सफर भएको देखिएपछि नेपाल पुनर्बिमा कम्पनीले उक्त घटनाबारे प्रहरीलाई जानकारी दियो। पुनर्बिमा कम्पनीको 'नोटिस'पछि रिलायन्स लाइफ इन्स्योरेन्सले 'ठगीसम्बन्धी कसुर'मा अनुसन्धान गरीपाउँ भन्दै सीआईबीमा जाहेरी दिएको थियो। 

सीआईबीको प्रारम्भिक अनुसन्धानकै क्रममा सर्जनको हत्या गरेर मृत्युजस्तो देखाउने र पछि पैसा लिने भनेर योजनाबद्ध रुपमै सर्जनको बिमा गरेर हत्या गरिएको खुल्यो।

Ncell 2
Ncell 2
nimb
nimb

सीआईबीका अनुसार उक्त घटनामा शंकास्पद देखिएपछि ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा बिमाबाट प्राप्त हुने रकम लिनकै लागि विभिन्न व्यक्तिको मिलेमतोमा सर्जन विकको हत्या भएको खुलेको सीआईबीले जनाएको छ। 

‘मृतक सर्जनको वार्षिक आम्दानीभन्दा बिमा बापत तिर्नुपर्ने किस्ताको रकम नै धेरै देखियो। त्यसमाथि वार्षिक आयको अधिकत्तम ४० प्रतिशत सम्मको मात्र बिमा गर्न सक्ने प्रावधान अनुरुप पनि बिमा भएको नदेखिएपछि घटना शंकास्पद लागेर हामीले अनुसन्धान अगाडि बढाएका थियौं,’ सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले भने,  ‘नक्कली विवाह गराउने, त्यसपछि बिमा गराउने र रकम हत्याउने उनीहरुको मुख्य उद्देश्य देखियो। बिमाको रकम हत्याउनका सवारी दुर्घटनामा मृत्यु भएको देखिने गरी उनीहरुले सर्जनको हत्या गरेको खुलेको छ।’

प्रहरीले मृतक सर्जनकी श्रीमती भनिएकी बाँकेको कोहलपुर नगरपालिका–२ की २१ वर्षीया सपना मल्लसहित ६ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्ने अन्यमा स्याङ्जाको वालिङ नगरपालिका–६ घर भइ बाँकेको कोहलपुर–१९ घर भएका ३१ वर्षीय सञ्जीब अर्याल, बाँकेको कोहलपुर नगरपालिका–१५ का ३२ वर्षीय सरदार अहमद खाँ, बाँकेको बैजनाथ गाउँपालिका–८ का ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, कोहलपुर–११ का ३८ वर्षीय दिपक केसी र कोहलपुर–१ की २१ वर्षीय आरति भनिने ललिता सापकोटा छन्।

अनुसन्धानका क्रममा उनीहरुले सर्जनको बिमा गरी, दुर्घटनामा मृत्यु भएको देखाउन हत्या गरी बिमा बापत २ करोड ५० लाख हत्याउने योजना बनाएका खुलेको हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रहरीका अनुसार यो प्रकरणको सुरुवात भने २०७७ मंसिर अगाडिदेखि नै भएको थियो। सुरुमा आरती भनिने ललिता कुमारी सापकोटाले सपना मल्ल र सञ्जीब अर्यालबीच भेट गराइदिएकी थिइन्। उनीहरुबीच सपनालाई 'डिपेन्डेन्ट भिसा'मा अस्ट्रेलिया पठाउने कुरा भएको थियो।  

२०७७ मंसिर २७ गते सीप सिक्नका लागि भन्दै सपना काठमाडौं आएकी थिइन्। त्यही बीचमा सञ्जीबसहितले सपना र सर्जनबीच चिनजान गराए। दुवै जनालाई अस्ट्रेलिया जानका लागि सजिलो हुन्छ भन्दै विवाहका लागि राजी गराए। 

त्यसपछि उनीहरुले सर्जनको नाममा कामना सेवा विकास बैंकको कोहलपुर शाखामा २०७७ फागुन ५ गते खाता खोल्न लगाए। यस्तै, २०७७ फागुन १२ गते कामना सेवा विकास बैंकको कोहलपुर शाखामै सपनाको पनि खाता खोलियो। दुवै जनाको खाता स्याङ्जाको वालिङ नगरपालिका–६ घर भइ बाँकेको कोहलपुर–१९ घर भएका ३१ वर्षीय सञ्जीब अर्यालले खोलिदिएका थिए। 

त्यसपछि सर्जनको नाममा २०७७ फागुन २८ गते रिलायन्स लाइफमा १ करोड २० लाख रुपैयाँ बराबर जीवन बिमा, ७० लाख रुपैयाँ बराबरको दुर्घटना बिमा तथा सोही रकम बराबरको पूर्ण अशक्त भएबापत प्राप्त हुने रकमका लागि बिमा गरियो। इच्छाएको व्यक्तिका रुपमा सपनालाई श्रीमतीको रुपमा उल्लेख गरी उनको नाम राखियो। 

सोही दिन सर्जनका नाममा सरदार अहमद खाँले ५ वर्ष अवधिको ३० लाख रुपैयाँको म्यादी जीवन बिमा, ३०–३० लाख रुपैयाँकै दुर्घटना तथा पूर्ण अशक्त बापतको बिमा गरे। बिमाको प्रथम शुल्कबापत सोही दिन सञ्जीबले ५ लाख ४० हजार रुपैयाँ तिरेका थिए। 

उनीहरु फागुन २८ गते नै सर्जन र सपनाको विवाह दर्ता गराउनका गएका थिए। तर, सर्जनको उमेर नपुगेका कारण २८ गते विवाह दर्ता हुन सकेन। त्यसपछि चैत २ गते उनीहरुको विवाह दर्ता भयो। 

विवाह दर्तापछि सर्जन र सपना मल्लबीच कहिल्यै भेट भएन। त्यसपछि एकैचोटी सर्जनको मृत्यु भएर बिमा कम्पनीबाट दाबी भुक्तानी गर्न मात्रै सपना पुगेकी थिइन्। सीआईबीले घटनाको अनुसन्धान थाल्दा उनी अस्ट्रेलिया जान भन्दै भारतको दिल्ली पुगिसकेकी थिइन्। तर, नेपाल प्रहरीले उनीविरुद्ध एउटा आपराधिक घटनामा अनुसन्धान भइरहेको भन्दै पत्राचार गरेपछि दिल्लीबाट उनी नेपाल 'डिपोर्ट' गरिएकी हुन्। 

बिमा कम्पनीबाट लिएको २ करोड ५० लाख रकममध्ये सपना मल्ल, सञ्जीब अर्याल र दिपक केसीले बाँडेका थिए। यस्तै, सपनाकी आमा छबि कुमारी खत्रीलाई पनि उनीहरुले १७ लाख ४६ हजार रुपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

सञ्जीबले ६० लाख ३६ हजार, दिपक केसीले ६० लाख र सपना मल्लले ८६ लाख ८९ हजार रुपैयाँ बाँडेर लिएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १३:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्