• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जीवन बिमा, नक्कली विवाह र हत्या: त्यसपछि सपनाले बुझिन् २ करोड ५० लाख

हत्यालाई सवारी दुर्घटना देखाएर रकम लिने ६ जना पक्राउ
64x64
नारायण अधिकारी शुक्रबार, साउन १३, २०७९  १३:२७
1140x725
सर्जनको हत्या तथा बिमा बापतको रकम ठगी गरेको कसुरमा पक्राउ परेका ६ जना।

काठमाडौं– जीबन बिमा कम्पनीबाट रकम हत्याउनका लागि बाँकेमा ६ जनाको समूहले १ जनाको योजनाबद्ध हत्या गरेको खुलेको छ। झण्डै ६ महिनादेखि योजना बनाएर २१ वर्षीया किशोरको बिमा गरी, सवारी दुर्घटनामा मृत्यु भएको देखिने गरेर हत्या गरी उक्त समूहले बिमाबापत २ करोड ५० लाख रुपैयाँ लिएको खुलेको हो।  

बाँकेको कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय सर्जन विक २०७८ वैशाख १ गते राति करिब ११ बजेको समयमा टिपरमा बालुवा लोड गर्ने भन्दै भे १ प १७२७ नम्बरको मोटरसाइकल चलाएर गएकोमा काम सकेर घर फर्किँदै थिए। बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरको भित्री सडकमा आइपुग्दा उनलाई भे १ ख २४९१ नम्बरको मिनी बसले ठक्कर दियो। 

बसको ठक्करबाट घाइते भएर बाटोमा अलपत्र अवस्थामा फेला परेपछि प्रहरीले त्यही राति उनलाई कोहलपुर मेडिकल कलेजमा लगेको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भयो। 

ठक्कर दिने गाडीका चालक थिए बैजनाथ गाउँपालिका–८ का ३३ वर्षीय टोपबहादुर राना क्षेत्री। यस्तै, मृतक सर्जन सवार मोटरसाइकलका धनी कोहलपुर–१५ का सरदार अहमद खाँ थिए। प्रहरीको अनुसन्धानपछि बसका चालक टोपबहादुरसहित खाँविरुद्ध पनि बाँके जिल्ला अदालतमा सवारी ज्यानको मुद्दा दर्ता भयो। 

जिल्ला अदालतले २०७८ माघ २५ गते बसका चालक टोपबहादुरलाई ३० दिन कैद र २ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनायो भने मोटरसाइकल धनी खाँले सफाइ पाए। 

अदालतले सवारी ज्यानको मुद्दा टुंग्याएपछि मृतक सर्जनको नाममा गरिएको जीबन बिमा र म्यादी जीवन बिमा वापत रिलायन्स लाइफ इन्स्योरेन्सबाट २ करोड ५० लाख रुपैयाँ बराबरको चेक भुक्तानी लिएर उनकी श्रीमती भनिएकी सपनाले कामना सेवा विकास बैंकको कोहलपुर शाखामा रहेको आफ्नो खातामा जम्मा गरिन्। 

तर, सपनाको खातामा रकम जम्मा भएको छोटो समयमै ठूलो रकम अरुको खातामा अस्वभाविक ट्रान्सफर भएको देखिएपछि नेपाल पुनर्बिमा कम्पनीले उक्त घटनाबारे प्रहरीलाई जानकारी दियो। पुनर्बिमा कम्पनीको 'नोटिस'पछि रिलायन्स लाइफ इन्स्योरेन्सले 'ठगीसम्बन्धी कसुर'मा अनुसन्धान गरीपाउँ भन्दै सीआईबीमा जाहेरी दिएको थियो। 

सीआईबीको प्रारम्भिक अनुसन्धानकै क्रममा सर्जनको हत्या गरेर मृत्युजस्तो देखाउने र पछि पैसा लिने भनेर योजनाबद्ध रुपमै सर्जनको बिमा गरेर हत्या गरिएको खुल्यो।

nimb
nimb
Ncell 2
Ncell 2

सीआईबीका अनुसार उक्त घटनामा शंकास्पद देखिएपछि ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा बिमाबाट प्राप्त हुने रकम लिनकै लागि विभिन्न व्यक्तिको मिलेमतोमा सर्जन विकको हत्या भएको खुलेको सीआईबीले जनाएको छ। 

‘मृतक सर्जनको वार्षिक आम्दानीभन्दा बिमा बापत तिर्नुपर्ने किस्ताको रकम नै धेरै देखियो। त्यसमाथि वार्षिक आयको अधिकत्तम ४० प्रतिशत सम्मको मात्र बिमा गर्न सक्ने प्रावधान अनुरुप पनि बिमा भएको नदेखिएपछि घटना शंकास्पद लागेर हामीले अनुसन्धान अगाडि बढाएका थियौं,’ सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले भने,  ‘नक्कली विवाह गराउने, त्यसपछि बिमा गराउने र रकम हत्याउने उनीहरुको मुख्य उद्देश्य देखियो। बिमाको रकम हत्याउनका सवारी दुर्घटनामा मृत्यु भएको देखिने गरी उनीहरुले सर्जनको हत्या गरेको खुलेको छ।’

प्रहरीले मृतक सर्जनकी श्रीमती भनिएकी बाँकेको कोहलपुर नगरपालिका–२ की २१ वर्षीया सपना मल्लसहित ६ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्ने अन्यमा स्याङ्जाको वालिङ नगरपालिका–६ घर भइ बाँकेको कोहलपुर–१९ घर भएका ३१ वर्षीय सञ्जीब अर्याल, बाँकेको कोहलपुर नगरपालिका–१५ का ३२ वर्षीय सरदार अहमद खाँ, बाँकेको बैजनाथ गाउँपालिका–८ का ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, कोहलपुर–११ का ३८ वर्षीय दिपक केसी र कोहलपुर–१ की २१ वर्षीय आरति भनिने ललिता सापकोटा छन्।

अनुसन्धानका क्रममा उनीहरुले सर्जनको बिमा गरी, दुर्घटनामा मृत्यु भएको देखाउन हत्या गरी बिमा बापत २ करोड ५० लाख हत्याउने योजना बनाएका खुलेको हो। 

प्रहरीका अनुसार यो प्रकरणको सुरुवात भने २०७७ मंसिर अगाडिदेखि नै भएको थियो। सुरुमा आरती भनिने ललिता कुमारी सापकोटाले सपना मल्ल र सञ्जीब अर्यालबीच भेट गराइदिएकी थिइन्। उनीहरुबीच सपनालाई 'डिपेन्डेन्ट भिसा'मा अस्ट्रेलिया पठाउने कुरा भएको थियो।  

२०७७ मंसिर २७ गते सीप सिक्नका लागि भन्दै सपना काठमाडौं आएकी थिइन्। त्यही बीचमा सञ्जीबसहितले सपना र सर्जनबीच चिनजान गराए। दुवै जनालाई अस्ट्रेलिया जानका लागि सजिलो हुन्छ भन्दै विवाहका लागि राजी गराए। 

त्यसपछि उनीहरुले सर्जनको नाममा कामना सेवा विकास बैंकको कोहलपुर शाखामा २०७७ फागुन ५ गते खाता खोल्न लगाए। यस्तै, २०७७ फागुन १२ गते कामना सेवा विकास बैंकको कोहलपुर शाखामै सपनाको पनि खाता खोलियो। दुवै जनाको खाता स्याङ्जाको वालिङ नगरपालिका–६ घर भइ बाँकेको कोहलपुर–१९ घर भएका ३१ वर्षीय सञ्जीब अर्यालले खोलिदिएका थिए। 

त्यसपछि सर्जनको नाममा २०७७ फागुन २८ गते रिलायन्स लाइफमा १ करोड २० लाख रुपैयाँ बराबर जीवन बिमा, ७० लाख रुपैयाँ बराबरको दुर्घटना बिमा तथा सोही रकम बराबरको पूर्ण अशक्त भएबापत प्राप्त हुने रकमका लागि बिमा गरियो। इच्छाएको व्यक्तिका रुपमा सपनालाई श्रीमतीको रुपमा उल्लेख गरी उनको नाम राखियो। 

सोही दिन सर्जनका नाममा सरदार अहमद खाँले ५ वर्ष अवधिको ३० लाख रुपैयाँको म्यादी जीवन बिमा, ३०–३० लाख रुपैयाँकै दुर्घटना तथा पूर्ण अशक्त बापतको बिमा गरे। बिमाको प्रथम शुल्कबापत सोही दिन सञ्जीबले ५ लाख ४० हजार रुपैयाँ तिरेका थिए। 

उनीहरु फागुन २८ गते नै सर्जन र सपनाको विवाह दर्ता गराउनका गएका थिए। तर, सर्जनको उमेर नपुगेका कारण २८ गते विवाह दर्ता हुन सकेन। त्यसपछि चैत २ गते उनीहरुको विवाह दर्ता भयो। 

विवाह दर्तापछि सर्जन र सपना मल्लबीच कहिल्यै भेट भएन। त्यसपछि एकैचोटी सर्जनको मृत्यु भएर बिमा कम्पनीबाट दाबी भुक्तानी गर्न मात्रै सपना पुगेकी थिइन्। सीआईबीले घटनाको अनुसन्धान थाल्दा उनी अस्ट्रेलिया जान भन्दै भारतको दिल्ली पुगिसकेकी थिइन्। तर, नेपाल प्रहरीले उनीविरुद्ध एउटा आपराधिक घटनामा अनुसन्धान भइरहेको भन्दै पत्राचार गरेपछि दिल्लीबाट उनी नेपाल 'डिपोर्ट' गरिएकी हुन्। 

बिमा कम्पनीबाट लिएको २ करोड ५० लाख रकममध्ये सपना मल्ल, सञ्जीब अर्याल र दिपक केसीले बाँडेका थिए। यस्तै, सपनाकी आमा छबि कुमारी खत्रीलाई पनि उनीहरुले १७ लाख ४६ हजार रुपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

सञ्जीबले ६० लाख ३६ हजार, दिपक केसीले ६० लाख र सपना मल्लले ८६ लाख ८९ हजार रुपैयाँ बाँडेर लिएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १३:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
तेलंगानामा ४३ यात्रु सवार बस–ट्रक ठोक्कियो, ६ जनाको मृत्यु बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ बुधबार, भदौ १०, २०८३
गोरखकाली रबर उद्योग सञ्चालनबारे अन्योल, चर्चा गरियो तर प्राथमिकतामा परेन् बुधबार, भदौ १०, २०८३
फर्नान्डेस ‘पीएफए प्लेअर अफ द इयर’ घोषित बुधबार, भदौ १०, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्