बैतडी- बैतडीमा बञ्चरो प्रहार गरी छोराले बुवाको हत्या गरेका छन्। डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको शुक्रबार बिहान हत्या भएको हो।
जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन्। बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।
'मानसिक अवस्था ठिक नभएका लोकराजले बञ्चरो प्रहार गरेका हुन्। टाउकोमै चोट लागेका अन्तरामको घटनास्थलमै मृत्यु भएको छ' उनले भने।
बञ्चरो प्रहार गर्ने लोकराजलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको टोली घटनास्थल पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।