काठमाडौं– नेपाल धितोपत्र बोर्डले पाँच अर्बभन्दा धेरैको कारोबार गर्ने कम्पनीलाई अनिवार्य आईपीओ निष्कासन प्रक्रियामा लैजाने जानकारी दिएको छ।
बिहीबाट नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को धितोपत्र बजार तथा वस्तु विनियम बजार सम्बन्धी नीति तथा कार्यक्रमा बोल्दै बोर्डका अध्यक्ष रमेशकुमार हमालले ५ अर्बभन्दा बढिको कारोबार गर्ने कम्पनीलाई आईपीओ अनिवार्य हुने कानूनी प्रक्रिया तयार गर्दै गरेको जानकारी दिए।
हमालले बुक बिल्डिङका लागि अटोमिटिक इलेक्ट्रोनिक सिस्टम बनाउने जानकारी दिए। उनले पूँजी बजारबाट लगानीकर्तालाई हुनसक्ने क्षतिलाई कम गर्न क्षतिपूर्ति कोष पनि चाँडै सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।
नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्स्चेन्जको नयाँ आवेदन माग गर्ने घोषणा पनि गरेको छ। उनले वस्तु विनिमय बजार (कमोडिटी एक्स्चेन्ज) को नयाँ आवेदन माग गर्ने र लाइसेन्स दिने घोषणा गर्दै थप धितोपत्र दलाल व्यवसायी लाइसेन्स दिने र दोस्रो बजार पूर्ण रूपमा विद्युतीय कारोबारमा अधारित बनाउने जानकारी दिए।
कमोडिटी एक्स्चेन्जको लाइसेन्सको लागि बोर्डले यसअघि दुई पटक आवेदन माग गरी खारेज गरेको थियो। बोर्डका अध्यक्ष हमालले कार्यक्रममा नयाँ उपकरण, सर्ट सेलिङ, इन्ट्रा डे ट्रडिङको अध्ययन गर्ने योजना पनि सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।